
२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बिहीबार अपरान्ह उनले छलफल गरेका हुन् ।
अख्तियारले मुद्दा दायर गर्दा नेपाल रौतहटमा थिए । मुद्दा दर्ता भएपछि उनी काठमाडौं फर्किएका थिए ।
लगत्तै बसेको पार्टी बैठकले अख्तियारको यो निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ ।
त्यस्तै, अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट मुद्दा दायर भएको जिकिर गरे ।
‘नबिराउनू, नडराउनू । अरु कुरा कानुनी कुरा छन्,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘कानुनविद्हरूसँग पनि परामर्श भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4