+
+

चार करोड वर्षको बुढो माकुरो हिड्न लागेपछि………

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते १९:१३

चार करोड वर्ष पूरानो माकुरो उठेर हिड्न लागेपछि के होला ? के यो सम्भव छ ? बेलायतका वैज्ञानिकहरुले भने झण्डै ४ करोड वर्ष पूरानो प्रजातिको एक माकुरोलाई हिँडाएका छन् ।

म्यानचेष्टर विश्वविद्यालयका वैज्ञानिकहरुले करोडौँ वर्ष पूरानो माकुरोलाई हिँडाउन सफल भएका हुन् । यद्यपि यो माकुरो यथार्थमा आफै हिँडेको भने होइन । कम्प्युटर ग्राफिक्सको कमाल हो । उक्त जिवको सुरक्षित राखिएको जिवाश्मको सुक्ष्म अध्ययन तथा त्यसैको आधारमा गरिएको अनुसन्धान र प्रयोगपछि यस्तो सफलता मिलेको हो ।

makuro

शोधकर्ता वैज्ञानिक रेसल गारवुड का अनुसार उक्त माकुराको बारेमा वैज्ञानिकहरुलाई विभिन्न कुराको जानकारी थियो । उक्त माकुराले मुखैले सिकार गथ्र्यो र मुखमै खानालाई पचाउने क्षमता भएको इन्जाइम निकाल्थ्यो ।

टि्रगोनोटारबिड प्रजातिको त्यो माकुरो पृथ्वीको सुरुवाती हिंश्रक जिवमध्ये एक थियो । उक्त माकुरो उड्न सक्दैनथ्यो तर दौडिन सक्थ्यो । जुन केही मिलिमिटर मात्र लामो थियो । त्यो माकुराको जिवाश्म स्कटल्याण्डमा फेला परेको थियो । त्यसैको आधारमा वैज्ञानिकहरुले उक्त माकुराको थ्री डी मोडेल बनाए । त्यसबाट माकुराको खुट्टाको बनावट तथा जोर्नीको अध्ययन गरेर सोही आकृति बनाउँदा माकुरो हिँडाउन सम्भव भयो ।

आधुनिक माकुरोको चालसँग तुलना गरेर वैज्ञानिकहरुले विशेष सफ्टवेयर तयार गरे जसको मद्दतले उक्त माकुरोको चारै खुट्टा जमिनमा राख्न सम्भव भयो ।

स्मरण रहोस् उक्त माकुरोको प्रजाति पृथ्वीबाट ३ करोड वर्ष पहिले नै लोप भैसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?