+
+
Shares

मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बस्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १२:११
फाइल तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल बीच बुधबार भेटवार्ता भएको छ।
  • कार्यपालिका बैठकको सदस्य सचिव रहने प्रमुख प्रशासकीय अधिकृतलाई बोलाइएको थिएन ।
  • उनीहरूले छिट्टै कार्यपालिका बैठक राख्ने र विवाद समाधान गर्ने सहमति जनाएका छन्।
  • बैठकको मिति निश्चित भएको छैन।

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ ।

केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।

‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ । बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन,’ महानगरका एक वडाध्यक्षले भने ।

कार्यपालिकाको लागि लक्षित बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन । ‘जनप्रतिनिधिहरुको मात्रै बैठक भएको हो । उहाँलाई बोलाउन मेयर बालेन इच्छुक हुनुभएन । त्यही भएर खबर नभएको हो’, एक वडाध्यक्ष भन्छन् ।

कार्यपालिका बैठकको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत हुने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहेको छ ।

काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ । १४ पुसमा १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?