+
+
Shares

बूढानीलकण्ठमा २ व्यक्ति र कुकुर मृत फेला, घटना शंकास्पद

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १६:३९

१ असार, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र कुकुर मृत अवस्थामा भेटिएका छन् ।

मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ छन् । अन्जनाको ठेगाना भने धादिङको गल्छी गाउँपालिका–६ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनीहरू पासिकोटस्थित थ्री–स्टार किडजोन स्कुलको कम्पाण्डभित्र रहेको साढे दुई तले घरमा मृत भेटिएको एसपी बोहराले बताए । उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ । शुक्रबार राति शव भेटिएपछि घटना शंकास्पद रहेको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

भारतीय नागरिक गिल उक्त घरमा एउटा कोठा भाडामा लिएर बसेका थिए । उनी फाटोग्राफर रहेको पाइएको प्रहरीले बताएको छ ।

भाडाको उक्त कोठामा उनीहरू मृत भेटिएका हुन् । हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?