+
+
Shares

देउवा निवास बेचिएको छैन : सचिवालय

‘उक्त घर रहेको जग्गा डा. आरजु राणालाई उहाँको माइतीले दाइजोको रुपमा २०५० सालमा खरिद गरिदिएको हो,’ सचिवालयले भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले बूढानीलकण्ठस्थित घर बिक्री नभएको र कुनै बिक्री कार्यक्रम नरहेको बताएको छ।
  • सचिवालयले केही सञ्चारमाध्यममा गलत सूचनासहित घर बिक्री भएको भ्रामक सूचना संप्रेषण भएको स्पष्ट पारेको छ।
  • देउवाको घर जेनजी आन्दोलनमा जलाइएको थियो र ऐतिहासिक महत्वका कारण बिक्री नगरिने सचिवालयले दाबी गरेको छ।

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले बूढानीलकण्ठस्थित घर बिक्री नभएको बताएको छ ।

देउवा निवास बिक्री भएको गाइँगुइँ चलेपछि सचिवालयले बिहीबार बिक्री नगरिएको र बेच्ने कुनै कार्यक्रम पनि नरहेको बताएको हो ।

‘बूढानीलकण्ठको देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन,’ सचिवालयले भनेको छ, ‘केही सञ्चारमाध्यममा गलत सूचनासहित घर बिक्री गरेको र बिक्रीमा राखेको भनेर भ्रामक सूचना संप्रेशण भएकाले बिक्रीमा नराखेको स्पष्ट पारिएको हो ।’

जेनजी आन्दोलनका क्रममा देउवा निवास जलाइएको थियो । पाँच पटक प्रधानमन्त्री भएका देउवाको उक्त घरको ऐतिहासिक महत्व भएकाले पनि बिक्री नगरिने सचिवालयले दाबी छ ।

‘उक्त घर रहेको जग्गा डा. आरजु राणालाई उहाँको माइतीले दाइजोको रुपमा २०५० सालमा खरिद गरिदिएको हो,’ सचिवालयले भनेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?