+
+
Shares

बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक सवारी चलाउन रोक

भोलिदेखि पहिलो चरणमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा यात्रु गाडी चलाउन रोक लगाउने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असार ६ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका सुरक्षा समितिले बाढिपहिरोको जोखिमका कारण १५ दिनका लागि राति ६:३० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाएका छन्।
  • उपयुक्त सडकखण्डमा जोखिम बढेकाले काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्डमा यात्रु गाडी रोकिएको हो।
  • सहकार्य र समन्वयमार्फत यात्रुलाई सहज यात्रा गराउन सुरक्षा निकायहरूले बताएका छन्।

६ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे सो निर्णय गरेका हुन् ।

बाढीपहिरोको जोखिम रहेको भन्दै भोलिदेखि पहिलो चरणमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा यात्रु गाडी चलाउन रोक लगाउने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

उक्त विवरणबारे जानकारी गराउन आजै तीन जिल्ला अधिकारीहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दैछन् ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?