+
+
Shares

बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ७:०७

८ असार, काठमाडौं । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ ।

यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो ।

सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा साढे एक घण्टापछि आगो नियन्त्रणमा लिएको छ ।

आगो निभाउन बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो । सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो ।

बिजुलीको तार सट भएर आगो लागेको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?