+
+
Shares

संगीत दिवसमा थारू कलाकारले दिए प्रस्तुति, झुमे दर्शक (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व संगीत दिवसको अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा थारू कलाकारले मौलिक गीतसहित प्रस्तुति दिए।
  • राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको कार्यक्रममा नेता रेशम चौधरीले सांस्कृतिक क्रान्ति र पहिचानको संघर्ष व्यक्त गरे।
  • कार्यक्रममा देशभरका थारू कलाकारले आफ्नो भाषा, संस्कृति र परम्परागत कला प्रस्तुत गरे र केही अग्रज स्रष्टालाई सम्मान गरियो।

काठमाडौं । विश्व संगीत दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा थारू कलाकारले मौलिक गीतसहित धमाकेदार प्रस्तुति दिएका छन् ।

राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको वृहत्त राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरुले आ-आफ्नो ठाउँ विशेषका आकर्षक प्रस्तुति दिएका हुन् ।

कार्यक्रमको उद्घाटन नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गरेका थिए । कार्यक्रममा बोल्दै नेता चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे ।

उनले भने, ‘मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सुरु गरेको सांस्कृतिक क्रान्ति सुरु गरे । जब गणतन्त्र आयो, उनीहरुले थारूको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन् । मलाई थुने, अनि राजनीतिमा म बाध्य भएर आउनु पर्‍यो ।’

देशभरका थारू कलाकारले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुति दिने राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीले बताए ।

उनका अनुसार वीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरीको ग्रुप डान्स, सोमति थारूलगायत देशभरका राष्ट्रिय कलाकारले आ–आफ्नो क्षेत्रमा बोलिने ठाउँमा बोलिने थारू भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुति दिएका थिए । कार्यक्रममा चारजना अग्रज स्रष्टालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?