
News Summary
Generated by OK AI. Editorially reviewed.- मनिष राउतले ‘जनै हराएको मान्छे’ मा ‘एसोसिएट डिरेक्टर’को रुपमा फर्किदैछन्।
- उनी अभिनयभन्दा निर्देशनमा अनुभव सङ्कलन गर्दै छन् र सँगै काम गर्न चाहन्छन्।
- फिल्ममा विजय बराल, केकी अधिकारी, र भोलाराज सापकोटा लगायत कलाकारहरू छन्।
काठमाडौं । मनिष राउतलाई धेरैले ‘प्रेमगीत ३’का हिरोको रुपमा चिन्छन् । यो डेब्यु फिल्मबाट उनले कुशल कलाकारको छवि बनाए ।
पहिलो फिल्मले जति चर्चा दिलायो । चर्चाअनुसार, उनको पुनरागमन तत्कालै हुनसकेन । दर्शकमाझ उनको खोजी पनि चलिरह्यो ।
तर, उनी प्रदर्शन तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे’बाट ठूलो पर्दामा फर्किदैंछन् । तर, कलाकारको भूमिकामा भने होइन । उनी यसपटक ‘एसोसिएट डिरेक्टर’को रुपमा फर्किन लागेका हुन् ।
विजय बरालको शीर्ष भूमिका रहेको यो फिल्म ६ भदौदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । आफूलाई खोजी गर्ने दर्शकलाई मनीषको यो जवाफ त हुनेछ तर, दर्शक उनलाई अभिनेताकै रुपमा हेर्न चाहन्थे ।
तर, उनले पर्दा पछाडि बसेर यसपटक काम गरेका छन् । फिल्मका यी विद्यार्थीसामु अभिनयभन्दा निर्देशनमा अब्बलरुपमा प्रस्तुत हुनुपर्ने चुनौती छ । के उनले आफ्नो विगतको छविभन्दा अब्बलरुपमा निर्देशकीय छवि निर्माण गर्लान् ?
धेरैका लागि यो संशय र प्रश्न बाँकी नै छ ।
‘निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाऊँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो’ अनलाइनखबरसँग उनले भने ।
‘निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ’ उनले भने ।
मन मिल्ने टिम र राम्रो कथा भएकाले मिहेनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा फरक विधामा काम गरेको उनले बताए ।
हरेक अभिनेताको चाहना निर्देशक बन्नु हुने उनी बताउँछन् । सकेसम्म अभिनय र निर्देशन करिअरलाई सँगै अघि बढाउने उनको विचार छ । आगामी दिनमा दर्शकले आफूलाई अभिनयमा हेर्न सक्ने उनको भनाइ छ ।
फिल्ममा बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापाको पनि अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको लगानीकर्ता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् । पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्
सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’पछि अभिनेता बरालको यो कमब्याक फिल्म हुनेछ । रोचक के छ भने विजय र केकीका अघिल्ला फिल्मले घरेलु बक्सअफिसमा २०८१ सालमा सुपरहिट ब्यापार गरेका थिए ।
प्रतिक्रिया 4