+
+
Shares

क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीका सुवर्ण कुमार बललाई क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
  • उनीलाई आइतबार पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
  • पक्राउ परेका व्यक्तिको उमेर ४२ वर्ष हो।

८ असार, काठमाडौं । क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–३ घर घइ काठमाडौं नागार्जुन बस्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बल छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?