
News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि इजरायली सेनाले साइरन बजाएको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको भने पनि इरानी अधिकारीहरूले खण्डन गरेका छन्।
- इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणाली सक्रिय गरेको र नागरिकहरूलाई सुरक्षित रहन भनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
१० असार, काठमाडौं । इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो ।
इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।
साथै, इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको पनि जनाएको छ ।
इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएपछि देशका ‘धेरै ठाउँमा’ साइरन बजाइएको जनाएको छ । ती मिसाइललाई आकासमै रोक्ने काम पनि भइरहेको सेनाले जनाएको छ ।
टाइम्स अफ इजरायलका अनुसार सतर्कताको संकेतस्वरुप इजरायलको उत्तर र दक्षिणी भागमा साइरन बजाइएको छ ।
प्रतिक्रिया 4