+
+
Shares

बढ्यो लिचीको भाउ

आज मंगलबार लिचीको भाउ प्रतिकिलो ४० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १३:३२

१० असार, काठमाडौं । स्थानीय बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको हो ।

आज मंगलबार लिचीको भाउ प्रतिकिलो ४० रुपैयाँ बढेको छ । सोमबार लोकल लिची प्रतिकिलो अधिकतम २ सय ३० र औसत २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने लोकल लिची प्रतिकिलो अधिकतम २ सय ७० र औसत २ सय ६० रुपैयाँ कायम छ ।

जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३ सयदेखि औसत २ सय ७६ रुपैयाँसम्म कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?