+
+
Shares

बजेटमा खर्च कटौतीको प्रस्तावको अभ्यासमाथि प्रधानमन्त्रीले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा खर्च कटौतीको परम्परागत अभ्यासप्रति प्रश्न उठाए।
  • उनीहरूले बजेट कटौतीको प्रस्तावको अर्थ र आवश्यकतालाई स्पष्ट गरे।
  • उनले बजेट पास गर्न आफ्नो आग्रह दोहोर्‍याउँदै विवाद र अपेक्षाहरूको सम्भावना उल्लेख गरे।

१० असार, काठमाडौं । बजेटमा खर्च कटौतीको प्रस्तावको प्रवृतिमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यो परम्परागत अभ्यास रहेको बताए ।

‘एउटा ट्रेडिसनल कुरा जस्तो भयो के एक रुपैयाँ खर्च कटौती, बजेटबाट एक रुपैयाँ घटाइयोस् !’ प्रधानमन्त्री ओलीले भने, ‘खर्च एक रुपैयाँ घटाउदा हुने भए ! त्यसको एउटा सिम्बोलिक अर्थ छ । तथापि, एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ ।’

अन्यथा, खचै कटौतीको प्रस्तावको ठूलो अर्थ नरहेको उनले बताए । ‘सर्वसम्मत (बजेट पास) हुन्छ एक रुपैयाँ घटाउँदा ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सर्वसम्मत हुन्छ भने एक रुपैयाँ घटाइदिए पनि हुन्छ है ।’

कतिपय थिति र विधि समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको प्रधानमन्त्रीको आग्रह छ । ‘अब एउटा बिरालो बाधियो । जहाँ चलन हुन्छ त्यहाँ बाधियो । सिद्धियो’ उनले कटाक्ष गरे ।

सरकारले सकेसम्म सन्तुलित बजेट ल्याउने प्रयास गरेको उनले बताए । बजेटमा विवादका ठाउँ हुन सक्ने पनि उनले बताए । अपेक्षाहरू कहीँ पनि पूरा नहुने उल्लेख गर्दै उनले आफ्नो काम बजेट पास गरिदिन आग्रह गर्ने रहेको बताए । यसअनुसार आफ्नो आग्रह बजेट पास गरिदिने रहेको उनले दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?