+
+
Shares

रत्ननगर नगरपालिकाले ल्यायो एक अर्ब ५४ करोड ६५ लाखको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको रत्ननगर नगरपालिकाले २०८२/८३ का लागि एक अर्ब ५४ करोड ६५ लाखको बजेट र नीति सार्वजनिक गर्यो।
  • नगर प्रमुख प्रलाद सापकोटाले पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्याएको बताए।
  • बजेटमा संघीय र प्रदेश अनुदान, आन्तरिक स्रोत र सामाजिक सुरक्षा लगायतका आम्दानीको अनुमान गरिएको छ।

१०, असार, चितवन । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाको १७ औं नगर सभामा आगामी आर्थिक वर्षको लागि नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम र उपमेयर यादवप्रसाद पाठकले बजेट पेश गरेका थिए ।

नगर उपप्रमुख पाठकले पेश गरेको बजेटमा संघीय समानिकरण अनुदान १७ करोड ८९ लाख, संघीय राजश्व बाँडफाँड १३ करोड ४० लाख, संघीय सर्सत अनुदान चालू तर्फ ३६ करोड ८२ लाख, संघीय सर्शत पूजिगत २ करोड ८८ लाख, संघीय विशेष अनुदान ६८ लाख, संघीय समपुरक अनुदान ५५ लाख, प्रदेश समानीकरण अनुदान १ करोड ८९ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश राजश्व वाँडफाँड ६ करोड २२ लाख, प्रदेश सर्शत चालू ३ करोड ५६ लाख, प्रदेह सर्शत पूँजिगत १ करोड ५० लाख, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख, स्थानीय राजश्व बाँडफाँड घरजग्गा रजिष्ट्रेशन दस्तुर ९ करोड, आन्तरिक स्रोतबाट १४ करोड ५२ लाख, मौज्दात रकम १० करोड, सामाजिक सुरक्षा ३२ करोड ५० लाख, सडक बोर्ड ८० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिका प्रमुख सापकोटाले पालिकाले पर्यटन मार्फत रोजगारी सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले पालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?