+
+
Shares

साम्पाङ र बेघाको झगडाले धरानमा पनि आएन बजेट

श्रमदान विवादमा एकसाता अघि मेयर र उपमेयरबीच विवाद भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको धरान उपमहानगरपालिकाले प्रमुख र उपप्रमुखबीचको झगडाका कारण बजेट ल्याउन सकेन।
  • उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट अनिश्चित रहेको बताए र समितिहरूको बैठक नबस्दा प्रक्रिया अवरुद्ध भएको जानकारी दिए।
  • मेयर र उपमेयरबीचको विवादले बजेट सीमा निर्धारण र कार्यपालिका बैठकमा अवरोध सिर्जना गरेको छ।

१० असार, विराटनगर । प्रमुख र उपप्रमुखबीचको झगडाका कारण सुनसरीको धरान उपमहानगरपालिकाको बजेट ल्याउन सकेन । संविधानत: स्थानीय तहहरुले बजेट ल्याउने दिन आज अन्तिम हो । तर आन्तरिक झगडाका कारण धरानले बजेट ल्याउन नसकेको हो ।

उपप्रमुख अइन्द्रविक्रम बेघाले उपमहानगरको बजेट अनिश्चित रहेको बताए । प्रमुख हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेका कारण बजेटको काम अघि नबढेको उनले बताए । ‘बजेट आज आउनु पथ्र्याे तर आएन, उनले भने,‘ नगरप्रमखले प्रकृया अघि नबढाएका कारण नगरसभा भएन ।’

उनका अनुसार बजेटका लागि राजस्व परामर्श समितिले १ अर्ब ६० करोडको सीमा दिएको थियो । अब सीमा निर्धारण समितिको बैठकले सीमा तोकेपछि बजेट तर्जुमा समितिले बजेट निर्माणको प्रकृया अघि बढाउँछ । तर प्रमुखको नेतृत्वमा रहेको सीमा निर्धारण समितिको बैठक बसेको छैन ।

‘सीमा निर्धारण समितिको बैठक राखेर वडाको सिलिङ र विषयगत सिलिङ तोकिएको छैन,’ उनले भने,‘ सीमा निर्धारण समितिको बैठक नबसेपछि कार्यपालिका बैठक बस्ने कुरा भएन ।’ कार्यपालिकाले पास गरेपछि मात्रै नगरसभामा बजेट जान्छ । उनका अनुसार बजेट नै अन्योल अवस्थामा छ ।

श्रमदान विवादमा एकसाता अघि मेयर र उपमेयरबीच विवाद भएको थियो । विवादका कारण बजेट सीमा निर्धारण समिति बैठक बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?