
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको ग्रामथान गाउँपालिकाको गाउँसभामा अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण एमालेका प्रतिनिधि अनुपस्थित भएका थिए।
- बजेट सार्वजनिक गर्नका लागि आज गाउँसभा बोलाइएको थियो ।
- तर अध्यक्ष नमोनारायण माझीसँग रिसाएकी उपाध्यक्ष गुणवतीदेवी थारुसहित नेकपा एमालेका जनप्रतिनिधि सभामा सहभागी भएनन्।
१० असार, मोरङ । अध्यक्ष र उपाध्यक्षबीचको झगडाका कारण मोरङको ग्रामथान गाउँपालिकाको गाउँसभामा एमालेका जनप्रतिनिधि अनुपस्थित भएका छन् ।
बजेट सार्वजनिक गर्नका लागि आज गाउँसभा बोलाइएको थियो । तर अध्यक्ष नमोनारायण माझीसँग रिसाएकी उपाध्यक्ष गुणवतीदेवी थारुसहित नेकपा एमालेका जनप्रतिनिधि सभामा सहभागी भएनन् ।
एमालेको अनुपस्थितीमा बजेट ल्याएको ग्रामथान गाउँपालिका– ३ का वडा अध्यक्ष रमेशकुमार भगतले जानकारी दिए । भगत माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । गाउँपालिका अध्यक्ष नमोनारायण माझीले भने कुनै प्रतिकिया दिन मानेनन् ।
सोमबार पनि उच्च अदालत विराटनगरले अध्यक्षको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अध्यक्ष माझीले गत जेठ १ गते कार्यपालिकाको बैठक ११ वटा निर्णय गरी कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिएपछि उपाध्यक्ष गुणावती देवी थारुले अन्तरिम आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् ।
सोमबार दुवै पक्षको सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय विमल सुवेदी र कृपासुर कार्कीको इजलासले अध्यक्ष माझीले गरेको निर्णय रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
जेठ १ मा गाउँ कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि अध्यक्ष माझीले बैठक छाडेर बाहिरिएका थिए ।
अध्यक्ष हिँडेका कारण उपाध्यक्ष थारूसहित कार्यपालिकाका अन्य सदस्यहरूले निर्णय पुस्तिकामा ‘कुनै निर्णय हुँदा हाम्रो मान्य हुने छैन’ लेखेर हस्ताक्षर गरेका थिए ।
सोही बैठकको दोस्रो सत्रको उपस्थिति देखाएर ११ वटा निर्णय गरेको भन्दै गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारू अदालत गएकी थिइन् । आन्तरिक विवादका कारण पटकपटक गाउँपालिकाको मुद्दा अदालत पुगेको छ ।
प्रतिक्रिया 4