
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधान प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका छन्।
- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक दर्ता गरे।
- विधेयक संघीयता कार्यान्वयनसँग जोडिएको हुँदा समितिले छलफल अघि बढाउने निर्णय गरेको छ।
११ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् ।
समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक लगायत रहेका छन् ।
नेपाल प्रहरी विधेयक गृहमन्त्री लेखकले १३ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।
प्रतिनिधिसभाले यो विधेयकमाथि सामान्य छलफल गरेर राज्य व्यवस्था समितिमा पठाएको छ । राज्य व्यवस्था समितिले दफावार छलफल गरेर विधेयक अगाडि बढाउनेछ ।
मुलुक संघीयतामा गएसँगै राजनीतिक संघीयता कार्यान्वयनमा गइसकेको छ । तर, नेपाल प्रहरी केन्द्रिकृत संरचनामै छ । यसकारण प्रहरी विधेयकलाई संघीयता कार्यान्वयन गर्ने विषयसँग समेत जोडेर हेरिएको छ ।
प्रतिक्रिया 4