+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विद्यालय शिक्षा विधेयकको छलफलमा श्याम घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १६:३९

१२ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे सहभागी भएका छन् । उनी पहिलोपटक शिक्षा समिति बैठकमा सहभागी भएका हुन् ।

यसअघि लेखा समिति सदसय रहेका घिमिरे आजबाट शिक्षा समितिमा जान थालेका हुन् ।

विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल चलिरहेको छ । उक्त छलफलमा उनी पनि सहभागी भएका हुन् ।

शुक्रबार दिउँसाेदेखि सुरू भएको बैठकमा ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल’ गर्ने कार्यसूची छ ।

दलहरूबीच जुटेको सहमतिअनुसार कक्षा १० को एसइई परीक्षा प्रदेश स्तरमा सञ्चालन हुनेछ । यसको परीक्षा सञ्चालन र व्यवस्थापनबारे थप व्यवस्था प्रदेश कानुन बनाए अनुसार हुने गरी छोड्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?