
News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग असमझदारी सामान्य भएको बताए।
- सरकारको निर्णयमा फरक बुझाइ देखिनु स्वाभाविक भएको तर सरकार सहमति अनुसार अघि बढिरहेको उनको भनाइ छ।
- देउवाले कांग्रेसको आग्रहपछि सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था हटाएको बताए ।
१३ असार, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताएका छन् ।
सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको उनको भनाइ छ ।
चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने बताए ।
‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो,’ देउवाले भने तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’
कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको देउवाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4