
News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय रेशम खत्री पक्राउ परेका छन्।
- उनी माओवादीको भातृ संगठन वाईसीएल कर्णाली प्रदेश कमिटी सदस्य हुन् र फरार रहेका थिए।
- पीडितले बच्चा समेत जन्माइसकेकी छन् र थप अनुसन्धान भइरहेको छ।
१३ असार, काठमाडौं । रुकुम पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय रेशम खत्री छन् ।
उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, खत्रीविरुद्ध १८ जेठमा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।
प्रहरी अनुसन्धान त्यसलगत्तै अनुसन्धान थालेपनि उनी फरार रहँदै आएका थिए । ‘पछिल्लो समय उनी सानोभेरी गाउँपालिकामा बसिरहेको भन्ने सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
पीडितले बच्चा समेत जन्माइसकेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4