+
+
Shares

८० वर्षीय ज्येष्ठ नागरिक आश्रमबाटै हराए

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको आश्रमबाट ८० वर्षीय यज्ञप्रसाद अधिकारी हराएका छन्।
  • उनी असार १२ गतेदेखि हराएका हुन् र प्रहरीलाई खबर गरिएको छ।
  • उनी खैरो ट्राउजर र हरियो ज्याकेट लगाएका थिए।

१४ असार, काठमाडौं । काठमाडौंको एक आश्रमबाट ८० वर्षीय ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।

काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेमा रहेको नेपाल वरिष्ठ नागरिक समाज असाहय ज्येष्ठ नागरिक आश्रमबाट नुवाकोट घर भएका यज्ञप्रसाद अधिकारी हराएका हुन् ।

यही असार १२ गते दिउँसो साढे एक बजेदेखि अधिकारी हराएपछि प्रहरीलाई खोजीका लागि खबर गरिएको हो ।

गहुँगोरो वर्णका उनले हराउँदा खैरो ट्राउजर, हरियो ज्याकेट लगाएका थिए । उनलाई कसैले भेटे वा देखे नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८५१००२९६४ मा सम्पर्क गरिदिन प्रहरीले सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?