+
+
Shares

विद्यालय शिक्षा विधेयक : शिक्षकहरू आवधिक बढुवाको सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १७:५२

१४ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकहरू आवधिक बढुवाका लागि योग्य हुने सहमति जुटेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बनेको उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा सो सहमति जुटेको हो ।

शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ बर्ष सेवा अवधि पूरा गरेको शिक्षक बढुवाका लागि योग्य हुने सहमति जुटेको हो । जसमा वरिष्ठता र कार्यसम्पादनलाई पनि आधार मानिनेछ ।

शनिबार सिंहदरबारमा बसेको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो ।

त्यस्तै, २०७५ साल चैत मसान्तसम्म स्थायी नियुक्त भएका शिक्षकको निवृत्तभरण र उपदान प्रयोजनको लागि नपुग सेवा अवधि निजको अस्थायी सेवा अवधिबाट गणना गर्ने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?