+
+
Shares

सिंहदरबारमा शिक्षा समितिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १०:००

१५ असार, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बसेको छ ।

विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न बैठक बसेको हो । आजको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्ड, विद्यालय मर्ज, विषयगत शिक्षक लगायतका विषयमा छलफल हुँदैछ ।

शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिको म्याद आज सकिंदैछ ।

महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो ।

सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन । पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको छ ।

समितिमा धेरै विषयको टुंगो लागिसकेको छ । सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?