
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाललाई प्रहरीले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ, उनी सुटुक्क अस्पताल भर्ना भएको पाइएको छ।
- भेटवाललाई करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ गरिएको र अस्पताल भर्ना भएको पुष्टि भएको छ।
१५ असार, काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएको खुलेको छ ।
शुक्रबार पक्राउ परेका भेटवाल त्यसलगत्तै अस्पताल भर्ना भएका हुन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना गराइएको छ । अस्पतालको क्याबिन नम्बर ८१२ मा उनलाई राखिएको छ ।
उनी अस्पताल नै भर्ना हुने बिरामी नरहे पनि पहुँचकै आधारमा अस्पताल भर्ना भएको प्रहरीले स्रोतको भनाइ छ । शुक्रबार बिहान पीडितले नै भेटवाललाई प्रहरी वृत्त सिंहदरबारमा लगेर बुझाएका थिए ।
त्यसको केही समयमै उनी वृत्त सिंहदबारबाट निस्केका थिए । तर शुक्रबार बिहान भेटवाल पक्राउ परे/नपरेको बारे केही जानकारी नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख समेत रहेका एआईजी टेकबहादुर तामाङले बताएका थिए । पक्राउ पुर्जी जारी भएका बैंकिङ कसुरका अभियुक्तलाई प्रहरीले छाडेको भन्दै पीडितले माथिल्लो निकायमा जानकारी गराएपछि शुक्रबार साँझ भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले विज्ञप्ति जारी गर्दै भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जानकारी गराएका थिए । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका उनी त्यस लगत्तै ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
आज आइतबार भेटवालमाथि म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4