+
+
Shares

गुगल क्रोममा नेपाली भाषा कसरी सेट गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १३:४७

इन्टरनेट प्रयोगकर्ताका लागि गुगल क्रोम लोकप्रिय वेब ब्राउजर हो । उक्त ब्राउजरको इन्टरफेस निकै सजिलो छ र यसमा विभिन्न यस्ता फिचरहरू उपलब्ध छन्, जो प्रयोगकर्ताका लागि अत्यन्तै फाइदाजनक छन् ।

क्रोमले विभिन्न १३३ भाषा सपोर्ट गर्दछ । साथै यसको इनबिल्ट गुगल ट्रान्सलेट फिचरले ५२ वटा भाषाहरुमा वेबसाइटहरुलाई अनुवाद गर्न सक्दछ । यदि तपाईंलाई अंग्रेजी भाषा सहज लाग्दैन र त्यसलाई तपाईंले नेपाली भाषामा परिवर्तन गरेर पढ्न सक्नुहुन्छ ।

यसरी सेट गर्न सकिन्छ नेपाली भाषा –

  • सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा गुगल क्रोम खोल्नुहोस्
  • त्यसपछि दायाँ माथिपट्टि रहेका तीनवटा थोप्ला भएको आइकनमा क्लिक गर्नुहोस्
  • त्यसपछि setting मा जानुहोस्
  • बायाँतर्फ रहेको language अप्सनमा क्लिक गर्नुहोस्
  • त्यहाँ रहेको Add language मा क्लिक गर्नुहोस् र त्यहाँ रहेको सूचीबाट नेपाली वा आफूलाई मनपर्ने कुनै भाषा छान्नुहोस्
  • त्यसरी भाषा थप गरिसकेपश्चात् त्यसलाई Display Google Chrome in this language मार्फत् प्राथमिक भाषाका रुपमा सेट गर्नुहोस्
  • त्यसपछि कम्प्युटर रिस्टार्ट गर्नुहोस् । अब तपाईंले छानेको नेपाली वा कुनै पनि भाषा तपाईंको गुगल क्रोमको डिफल्ट भाषा बन्नेछ ।

एन्ड्रोइड फोनमा गुगल क्रोमको भाषा बदल्ने तरिका

  • आफ्नो फोनमा गुगल क्रोम खोल्नुहोस्
  • माथि दायाँपट्टि रहेको तीनवटा थोप्ला भएको आइकनमा ट्याप गर्नुहोस्
  • त्यसपछि Setting मा जानुहोस् र Language अप्सनमा ट्याप गर्नुहोस्
  • त्यहाँबाट Chrome Language मा गएर नेपाली वा अरु कुनै आफूलाई मनपर्ने भाषा छान्नुहोस् ।
  • उक्त भाषा डाउनलोड भएपश्चात् कम्प्युटर रिस्टार्ट गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?