
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको छ।
- उनलाई यूके पठाइदिने भन्दै १ करोड २० लाखभन्दा बढी रकम ठगीको आरोप छ।
- उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
१९ असार, काठमाडौं । यूके पठाइदिने भन्दै १ करोड २० लाख ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललिपतुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।
यूके पठाइदिने भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ ठगी गरेको आरोप उनीमाथि छन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4