+
+
Shares

अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा

तत्कालीन दुनै गाविस २ र ३ नम्बर वडा पर्ने तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको पाइएको अख्तियारले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको तत्कालीन दुनै गाविसमा भ्रष्टाचारको आरोपमा चार व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ।
  • विद्यालयको अभिलेख नभएको भए पनि भवन निर्माणका नाममा अनियमितता गरेको पाइएको छ।
  • अभियोग अनुसार, उनीहरूले झुटा कागजात र नक्कली समितिको प्रयोग गरी ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेका थिए।

१९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दायर गरेको हो ।

तत्कालीन दुनै गाविस २ र ३ नम्बर वडा पर्ने तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको पाइएको अख्तियारले जनाएको छ ।

हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ ।
तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७/०६८ मा भवन निर्माणका लागि कुनै पनि बजेट बिनियोजन नभएको र भवन पनि नबनेको पाइएको छ ।

तर, सोही अवधिमा जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखपाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले काल्पनिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

अख्तियारको केन्द्री कार्यालय टंगालबाट खटिएको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुले तत्कालीन समयमा काल्पनिक विद्यालयको उपभोक्ता समिति गठन गरी जस्ता–छानासहितको २ कोठे भवन निर्माणका नाममा झुट्टा र नक्कली कागजात तयार पारेर चेकमार्फत जिल्ला प्राविधिक कार्यालयबाट भुक्तानी समेत लिएको पाइएको पौडेलले बताए ।

अनियमिततामा संलग्न चारै जनाविरुद्ध भ्रष्टचार निवारण ऐन २०५९ बमोजिम कैद र रकम असुल गर्न मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?