
News Summary
Generated by OK AI. Editorially reviewed.- मुख्यमन्त्री कमलबहादुर शाहले नाउपा बाट नियुक्त सुदूरपश्चिमका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरे।
- शाहले मन्त्री चौधरीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका थिए।
- बजेट निर्माणको क्रममा चौधरीले आफूखुसी गरेको अनुभूति भएपछि उनलाई बर्खास्त गरिएको हो।
१९ असार, धनगढी । नाउपाबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए । बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले आफूखुसी गरेको अनुभूति गरेका मुख्यमन्त्री शाहले तत्काल राजीनामा गर्न निर्देशन दिएका थिए ।
मन्त्री चौधरी कृषिमन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेका थिए । यो प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।
नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधीमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो ।
प्रतिक्रिया 4