+
+
Shares

यो वर्ष त्रिविबाट ९० हजार विद्यार्थी ग्राजुएट हुँदै

परीक्षा भएको तीन महिनाभित्र नतिजा : उपकुलपति केसी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीले यस वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन्।
  • उपकुलपति केसीले विश्वविद्यालयको ठूलो विद्यार्थी संख्या र सुधारका प्रयासहरूबारे जानकारी दिए।
  • रजिस्ट्रार केदार प्रसाद रिजालले पूर्वाधारको आवश्यकतालाई जोड दिए।

२० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन् ।

त्रिविको ६६ औं वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन लागेको बताए ।

‘ग्रेसलिस्ट तयार गरिरहेका छौँ । लगभग यो वर्ष ९० हजार विद्यार्थीले ग्राजुएट गर्दैछन् । निकै ठूलो संख्या हो,’ उपकुलपति केसीले भने, ‘संसारको धेरै विश्वविद्यालमा ९० हजार विद्यार्थी हुँदैनन् ।’

यद्यपि, उपकुलपति केसीले अपेक्षा अनुसार विद्यार्थीलाई सेवा दिन नसकिएको बताए । पछिल्लो एक वर्षमा सुधारको काम हुन थालेको उनले दाबी गरे ।

‘परीक्षामा सुधार भएको छ । किन विद्यार्थीको संख्या बढ्यो भन्दा डेढ वर्षमा हुने नतिजालई तीन महिनामा झार्न सफल भएका छौँ,’ कसीले भने, ‘समयमा पढाइ, समयमा कोर्स पूरा गरेर परीक्षा भएर नतिजा आउनु अनौठो कुरा होइन । तर यही नै ठूलो उपलब्धि लिनुपर्ने परिस्थिति छ । यसकारण ९० हजार विद्यार्थी ग्राजुएट हुन लागेको हो ।’

रजिस्ट्रार केदार प्रसाद रिजालले देशकै ठूलो विश्वविद्यालयको भौतिक संसचना सुधारको आवश्यकता रहेकोमा जोड दिए ।

‘देशको ८० प्रतिशत विद्यार्थीलाई सकि/नसकि सेवा सेवा पुर्‍याएको छ । धेरैको रोजाइमा त्रिवि छ ।  आज पनि ४ सय बढी प्रोग्राम सञ्चालन भइरहेको छ । यसैले राष्ट्रपति प्रधानमन्त्री उत्पादन गरेको छ । विश्वभर यहाँ उत्पादन भएका पुगेका छन् । तर पूर्वाधारको अफ्ठ्यारो परेको छ,’ रजिस्ट्रार रिजालले भने ।

उपकुलपति केसीका अनुसार त्रिवि हाल १५७ वटा युनिटमा विस्तारित छ ।

‘६४ वटा आंगिक क्याम्पस छ । ४४ वटा केन्द्रीय विभाग, अनुसन्धान केन्द्र डिन कार्यालय गरी १५७ वटा इकाइ र १ हजार बढी सामुदायिक र निजीलाई सम्बन्धन दिएको छ । देशको ७७ जिल्लामा विस्तार छ,’ उनले भने ।

त्रिविले आफ्नो वार्षिकोत्सव शुक्रबार सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?