+
+
Shares

‘स्नो लियोपार्ड सिस्टर्स’ नेपाल अमेरिका फिल्म फेस्टिभलमा उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘स्नो लियोपार्ड सिस्टर्स’ उत्कृष्ट फिचर फिल्म घोषित भयो।
  • फिल्म ‘द विटनेस ट्री’ उत्कृष्ट छोटो फिल्म र ‘द लास्ट वाइल्ड हर्ड’ उत्कृष्ट विधामा पुरस्कार पाए।
  • फेस्टिभल प्रमुख पूर्णसिंह बराइलीले यस वर्षको संस्करण भव्यरुपमा सम्पन्न भएको बताए।

मेरिल्याण्ड (अमेरिका) । हिमचितुवाको संरक्षण बारेको कथामा आधारित फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’ यसवर्षको नेपाल अमेरिका फिल्म फेस्टिभलमा उत्कृष्ट फिचर फिल्म घोषित भएको छ ।

सोनम छेकी लामा, बेन आयर्स र एन्ड्रियू लिन्च निर्देशित यो फिल्म ९० जति जंगली हिउँचितुवा पाइने उपल्लो डोल्पामा छायांकन गरिएको छ ।

नीरञ्जनराज भेटवाल निर्देशित ‘द विटनेस ट्री’ उत्कृष्ट छोटो फिल्म घोषित भएको छ । ‘बेस्ट अफ डीएमभी’ विधामा आयश जोशी र अन्ना कनर्स निर्देशित फिल्म ‘द लास्ट वाइल्ड हर्ड : डिफेन्डिङ यल्लोस्टोन्स बफेलो’ उत्कृष्ट बनेको छ ।

नेपाली पानोरामा विधामा सुविना श्रेष्ठ निर्देशित ‘देवी’ डकुमेन्ट्री उत्कृष्ट घोषित भएको छ । किरणभक्त जोशी निर्देशित फिल्म ‘क्ले बर्ड’ले जुरी अवार्ड जितेको छ ।

विजेतालाई अभिनेता हरिवंश आचार्य, निर्देशक मीनबहादुर भामसहितले पुरस्कार वितरण गरे । फेस्टिभल प्रमुख पूर्णसिंह बराइलीले यसवर्षको संस्करण भव्यरुपमा सम्पन्न भएको बताए ।

नेपाल अमेरिका फिल्म सोसाइटीले वर्षेनी फेस्टिभल आयोजना गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?