
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेश कुमार नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेका छन्।
- नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) अनुसार उनलाई नियुक्त गरिएको हो।
२३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई न्याय परिषद् सदस्य नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4