+
+
Shares

पर्सिका लागि बोलाइयो त्रिवि सभा

पदाधिकारी नीति तथा कार्यक्रम बनाउन व्यस्त

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको सभा बिहीबारका लागि बोलाइएको छ।
  • सभा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन् र यसमा नीति, बजेट र विद्यार्थी ग्रेस लिस्ट पारित हुनेछ।
  • गत २२ असारमा स्थगित भएको सभा नयाँ उपकुलपति नियुक्तिको विषयमा छलफल हुनेछ।

२४ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा पर्सि (बिहीबार) का लागि बोलाइएको छ ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेट बोलाएका हुन् ।

गत २२ असारमा सिनेट बोलाइएको थियो तर प्रधानमन्त्री ओली हुम्ला गएकाले स्थगित गरिएको थियो  । उक्त स्थगित भएको सभा २६ असार बिहान १० बजेका लागि बोलाइएको हो ।

‘सभाको लागि सूचना आएको छ । आवश्यक तयारी गरिरहेका छौँ,’ उपकुलपति प्रा.डा. खड्ग केसीले भने ।

सभा प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने तय भएको छ । उक्त दिन त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ । साथै ९० हजार विद्यार्थीको ग्रेस लिस्ट पारित गर्ने पनि कार्यसूची छ ।

त्रिविको उपकुलपति नियुक्तिको चर्चाबीच सभा बस्न लागेको हो । गत १५ चैतमा केसरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त गर्न लागिएको हो ।

त्रिविका सहकुलपति एवं सिफारिस समितिका संयोजक रघुजी पन्तको नेतृत्वमा गठित समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

वर्तमान उपकुलपति केसी, प्रा.डा. दीपक अर्याल र प्रा.डा विनिल अर्यालको नाम सिफारिस गरिएको छ । यी तीन जनामध्येबाट एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?