+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भूमि विधेयकमा संशोधन प्रस्ताव राख्ने कांग्रेस सांसदहरूको बैठक बस्दै

भूमि विधेयक कार्यसूचीबाट हटाउन दबाब दिने उद्देश्यले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संशोधनकर्ता कांग्रेसका सांसदहरूको बैठक डाकेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १२:४२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले भूमि विधेयकमा राखेको संशोधन प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको छ।
  • भूमि विधेयक कार्यसूचीबाट हटाउन दबाब दिने उद्देश्यले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संशोधनकर्ता कांग्रेसका सांसदहरूको बैठक डाकेका हुन् ।

२५ असार, काठमाडौं । भूमि विधेयकमा संशोधन प्रस्ताव राख्ने नेपाली कांग्रेसका सांसदहरूको बैठक बस्ने भएको छ ।

भूमि विधेयक संसद्‍को कार्यसूचीमा परेपछि कांग्रेस असन्तुष्ट बनेको छ । भूमि विधेयकमा थप छलफल गर्नुपर्ने कांग्रेसको अडान छ । संसदीय समितिमा विधेयक फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

भूमि विधेयक कार्यसूचीबाट हटाउन दबाब दिने उद्देश्यले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संशोधनकर्ता कांग्रेसका सांसदहरूको बैठक डाकेका हुन् । बैठक केहीबेर पछि बस्ने छ ।

भूमि विधेयकमा शर्मासहित महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार सहित कांग्रेस सांसदहरू दिलेन्द्र बडु, राजेन्द्र केसी, सञ्जय गौतम, आशा विक, नागिना यादव, सिता मिजार, रमा पौडेल कोइराला लगायतले संशोधन प्रस्ताव राखेका छन् ।

महामन्त्री थापा विदेश रहेकाले कांग्रेसका संशोधनकर्ताको बैठकमा उपस्थित हुन नसक्ने बताइएको छ । बैठक संसद् भवन स्थित संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बस्ने तय भएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा भूमि विधेयक छलफल र पारित गर्ने गरी प्रारम्भिक कार्यसूची सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?