+
+
Shares

म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका १३ वर्षका सरोज विकको शव फेला परेको छ।
  • बुधबार घाँसदाउरा गएका बेला सरोजका बुबा जगेन्द्र विकको पहिरोले मृत्यु भएको थियो भने बालक बेपत्ता थिए।
  • शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीले संयुक्त टोलीले बिहीबार दिउँसो शव फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर सागर पौडेलले जानकारी दिए।

२६ असार, काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ ।

मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो ।

बुधबार घाँसदाउरा गएका बेला उनका बुबा ३५ वर्षीय जगेन्द्र विकको समेत पहिरोले पुरेर मृत्यु भएको थियो भने बालक बेपत्ता थिए ।

शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी र नेपाल प्रहरीको संयुक्त टोलीले बिहीबार दिउँसो १:२५ बजेतिर बेपत्ता सरोजको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलले जानकारी दिए ।

बुधबारको पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु समेत बगाएको थियो ।

मंगलबार रातिदेखिको वर्षाले पहिरो खसेको सूचना अधिकारी एवं इन्स्पेक्टर पौडेलले बताए । मनसुन सक्रिय भएसँगै जिल्लामा बाढी पहिरोका घटना बढेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?