+
+
Shares

योगेशको प्रस्ताव : उपभोक्ता समिति दलका भर्ती केन्द्र बने, यसबाट काम नगरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १५:२६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणका कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन्।
  • उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनेका छन् र दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको उनले बताए।
  • भट्टराईले उपभोक्ता समितिमार्फत काम गर्न नदिन आवश्यक ऐन बनाउनुपर्ने र सरकारलाई खानेपानी, सिँचाइ तथा मल उपलब्धताका सम्बन्धमा निर्देशन दिनुपर्ने माग गरेका छन्।

२६ असार, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको टिप्पणी गरे ।

विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा प्रभावकारी हुने भएपनि पछिल्लो समय उपभोक्ता समितिहरूमा बेथितिका चाङ रहेको उनले जिकिर गरे ।

‘विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् । उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र भएका छन्,’ उनले भने, ‘यसले राजनीतिक दलहरूलाई समेत विभाजन हुनेगरी गुटबन्दी भइरहेको छ ।’

उनले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको बताए ।

एमालेका सचिव समेत रहेका भट्टराईले उपभोक्ता समितिहरू राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने थलो बनेका कारण ऐन बनाएर उपभोक्ता समितिलाई कम गर्न नदिने व्यवस्था गर्न प्रस्ताव गरे ।

‘अहिले उपभोक्ता समितिहरूबाट राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने काम भएको छ । अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत काम गर्न नदिनको लागि आवश्यक ऐन बनाउनुपर्छ ।’

उनले खानेपानी, सिँचाइ तथा मलको उपलब्धताका सम्बन्धमा सरकारलाई निर्देशन गर्न समेत माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?