+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १६:४४

२६ असार, काठमाडौं ।  नेपाली कांग्रेसको अनुशासन समितिको २६ नेता कार्यकर्तालाई पार्टी हित विपरीत कार्य नगर्न सचेत गराएको छ ।

गत निर्वाचनमा पार्टीका वा समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको उजुरीका आधारमा अब उप्रान्त पार्टी हित विपरीत कार्य नगर्न सचेत बनाएको समितिका संयोजक आनन्द ढुङ्गानाले जानकारी गराएका छन् । कलालीमा २, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा १, खोटाङ्गमा र धनुषामा १/१ जना समेत गरी जम्मा २६ जना सचेत गराइएको ढुङ्गानाले जानकारी गराए ।

तीन तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक भई कारबाही परेका तर फुुकुवाको पुनरावेदन प्राप्त अनुशासन समितिले जनाएको छ ।

कारबाही फकुवाको माग गरेर निवदेन दिनेहरूमा कोशीमा १७, मधेशमा २३, बागमतीमा ४, गण्डकीमा ३, लुम्बिनीमा ३६, कर्णालीमा ४ र सुदूरपश्चिममा १ गरी ८८ जना रहेको अनुशासन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?