+
+
Shares

दुर्गेशको गीतको अर्को रेकर्ड, अमेरिकामा ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ले २४ घण्टाभित्र नेपालमा १६ लाख ३६ हजार युट्युब भ्यूज पाउँदै सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान रचेको छ।
  • यो गीत अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ र रियल टाइम ट्रेन्डिङमा १३ औं स्थानमा रहेको छ।
  • गीत अस्ट्रेलिया, क्यानडा, युएई, कतार, कुवेत, बेलायत र नेपालमा शीर्ष स्थानमा ट्रेन्डिङमा छ र युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन सक्ने सम्भावना छ।

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ ।

नेपालमा यसले २० घण्टामै १६ लाख ३६ हजार भ्यूज पाएर चौबिस घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ ।

यस्तोमा, यो गीतले विहिबार युट्युबमा अर्को कीर्तिमान रचेको छ । यो गीत अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ । यसअघि कुनै पनि नेपाली गीत ‘संयुक्त राज्य अमेरिका’को ट्रेन्डिङमा आउन सकेका थिएनन् ।

विहिबार बेलुका ५ बजे अनलाइनखबरलाई प्राप्त दुर्गेशको युट्युब च्यानलको ड्यासबोर्डको स्क्रिनसट् । यसले यो गीतको भ्यूजको गति कति छ भन्ने थाहा हुन्छ ।

अमेरिकामा यो गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ । त्यो पनि संगीत खण्डतर्फ होइन, रियल टाइम ट्रेन्डिङमा ।

यो समाचार लेख्दासम्म यो गीत अस्ट्रेलियामा ट्रेन्डिङ १ मा, क्यानडामा १७, युएईमा ३, कतारमा २, कुवेतमा ५, बेलायतमा ८ र नेपालमा संगीत खण्डतर्फ पहिलो स्थानमा उक्लिएको छ ।

सज्जनराज वैद्यको गीत ‘बेहुली’लाई पनि उछिनेर यो गीत नेपालको संगीत खण्डतर्फको शीर्षस्थानमा पुगेको हो ।

यदि यो ट्रेन्डिङ कायम रहे, यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन मुस्किल छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?