
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन्।
- प्रहरीले नारायणहिटी परिसरमा नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई गेटमै रोकेको छ।
- एक कर्मचारीले सर्भर डाउन भएको जानकारी गराउँदै समस्या समाधान कहिले हुन्छ थाहा नहुने बताए।
३० असार, काठमाडौं । राष्ट्रिय परिचयपत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् ।
प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचयपत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।
परिचयपत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ भन्नेबारे यकिनका साथ भन्न नसकिने एक कर्मचारीले बताउँछन् ।
गएरातिदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पनि सर्भर डाउन भएको छ । त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4