+
+
Shares

सरकारलाई प्रचण्डको प्रश्न : आयात भएको भनिएको मल कहाँ गयो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा सरकार जनताको समस्यामा गम्भीर नभएको र किसानलाई मल समयमै उपलब्ध नगराएको आरोप लगाए।
  • प्रचण्डले मल वितरणमा पक्षपात अन्त्य गर्न र उखु किसानको बक्यौता भुक्तानी तथा अनुदान पुनर्विचार गर्न सरकारलाई आग्रह गरे।
  • उनले तराई–मधेशका किसान संकटमा परेको भन्दै कृषि मिटर उपलब्ध गराउन, विद्युत् आपूर्ति सुचारु गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भीर नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रोपाइँको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको भनेर सरकारको आलोचना गरे ।

‘मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न २७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो । तर, असार सकिन लाग्दा पनि किसानका खेतमा मल पुगेको छैन,’ अध्यक्ष प्रचण्डले भने ।

उनले हालसम्म २ लाख मेट्रिक टनभन्दा बढी मल आयात नै गर्न नसकेको तथ्य सार्वजनिक गर्दै प्रश्न गरे, ‘आयात भएको भनिएको मल कहाँ गयो ? ’

प्रचण्डले मल वितरणमा शक्ति र पहुँचका आधारमा हुने गरेको पक्षपात अन्त्य गर्न पनि सरकारलाई आग्रह गरे । उनले उखु किसानको बक्यौता अझै नदिएको, अनुदान समेत आधा घटाइएको विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिए ।

तराई–मधेशका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा संकटमा परेको उल्लेख गर्दै उनले भने, ‘धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन् । यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ ।’

प्रचण्डले किसानलाई तत्काल कृषि मिटर उपलब्ध गराउन, विद्युत् आपूर्ति सुचारु गर्न, सिँचाइको उचित व्यवस्था मिलाउन र तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?