+
+
Shares

जसपा नेपालसँग बालुवाटारमा कांग्रेस–एमालेले छलफल गर्दै

६ बजे मन्त्रिपरिषद् बैठक लगत्तै तीन दलको बैठक सुरु हुनेछ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी   दिइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १८:२९

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र जनता समाजवादी नेपालका नेताहरुलाई बालुवाटार डाकेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित ती दलका शीर्ष तहका नेताहरु पनि बालुवाटार पुगेको जानकारी गराएको छ ।

६ बजे बस्ने मन्त्रिपरिषद् बैठक लगत्तै तीन दलको बैठक सुरु हुनेछ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी   दिइरहेको छ ।

जसपा नेपालका विषयमा कांग्रेस र एमालेले छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?