
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद पदम गिरीले सरकारले केही पनि गरेको छैन भन्ने भाष्य गलत रहेको दाबी गरेका छन्।
- गिरीले प्रतिनिधिसभाको बैठकमा यथार्थ जनतालाई बताउनुपर्ने र कमजोरी औंल्याउन सक्नुपर्ने बताए।
- उनले सुशासनमा काम हुन नसकेको स्वीकार गर्दै लगानी वातावरण बनाउन आवश्यक रहेको बताए।
३१ असार, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सरकारले केही पनि गरेको छैन भन्ने भाष्य बनाउन खोजिएको र यो गलत रहेको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले नकारात्मक मात्रै कुरा हुने, सबै अस्तव्यस्त भयो, देश बर्बाद भयो, देश डुब्न लाग्यो, देशमा भविष्य छैन भन्ने प्रकारले प्रस्तुत हुने प्रवृति रहेको बताए । यसलाई चिर्न सक्नुपर्ने उनको आग्रह छ ।
‘यथार्थ के हो आम जनतालाई बताउन सक्नुपर्छ । यो सदन यसमा केन्द्रित हुनुपर्छ’ गिरी भन्छन्, ‘ जहाँ चुकेको छ, जहाँ कमजोरी भएको छ त्यहाँ निर्ममतापूर्वक औंल्याउन पनि सक्नुपर्छ, सरकारलाई घचघच्याउन सक्नुपर्दछ ।’
सुशासनको मामिलामा जसरी काम गर्न सक्नुपर्ने थियो त्यसरी काम हुन नसकेको स्वीकार गर्न सकिने पनि उनले बताए । जनतामा निराशा रहेको पनि उनले बताए । लगानीका लागि वातावरण अझै बनाउन आवश्यक रहेको बताए । काम गर्नुपर्ने धेरै रहेको र सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4