+
+
Shares

जेलेन्स्कीलाई ट्रम्पले सोधे – लामो दूरीका हतियार पाए सिधै मस्कोमा हमला गर्न सक्नुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते ९:४४

३२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी भूभागमा गहिरो हमला गर्न प्रोत्साहन गरेको खुलासा भएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार, जुलाई ४ मा भएको फोनवार्ताको क्रममा ट्रम्पले यदि अमेरिका लामो दूरीका हतियार उपलब्ध गराएमा युक्रेनले सिधै मस्कोमाथि हमला गर्न सक्छ कि सक्दैन भनेर सोधेका थिए ।

वार्तामा ट्रम्पले जेलेन्स्कीलाई सोधे, ‘भोलोदीमिर, के तपाईं मस्कोमा प्रहार गर्न सक्नुहुन्छ ? सेन्ट पिटर्सबर्गलाई पनि ?’

जवाफमा जेलेन्स्कीले भने, ‘निश्चित रूपमा, तपाईंले हतियार दिनुभयो भने हामी सक्छौं।‘

ट्रम्पले आफ्नो रणनीतिबारे स्पष्ट पार्दै भने, ‘उनीहरूलाई पीडा महसुस गराउने र वार्ता टेबलमा ल्याउने हाम्रो उद्देश्य हो।‘

वार्ताका यी संवादहरू ट्रम्पको रूसप्रतिको नरम प्रस्तुती र युद्ध अन्त्य गर्ने वाचा विपरीत लाग्छन् । यो कुराकानी ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीचको ‘नकारात्मक‘ भनिएको फोन कुराकानीको भोलिपल्ट भएको हो।

रिपोर्टअनुसार, पछिल्ला हप्ता रोममा भएको बैठकमा अमेरिकी पक्षले युक्रेनी राष्ट्रपति समक्ष सम्भावित हतियारहरूको सूचि प्रस्तुत गरेको थियो । सूचिमा लामो दूरीका आक्रमण प्रणालीहरू समावेश थिए।

यस विधिबाट ट्रम्पले अमेरिकी कंग्रेसको स्वीकृति बिना युरोपेली साझेदारमार्फत हतियार आपूर्ति गर्न सक्ने छन्।

फाइनान्सियल टाइम्सका अनुसार, युक्रेनले टोमहक मिसाइलजस्ता १६०० किमी दूरीसम्म प्रहार हुनसक्ने क्रूज मिसाइलको माग गरेको भए पनि ट्रम्प टोली र बाइडेन प्रशासन दुवै युक्रेनको संयमता अभावप्रति चिन्तित देखिन्छन्।

यद्यपि ट्रम्पले मंगलबार पत्रकारहरूसँग भने, ‘जेलेन्स्कीले मस्कोलाई निशाना बनाउन हुँदैन ।‘

उनले अमेरिका लामो दूरीका हतियार किभलाई दिन ‘उत्सुक नछैन‘ पनि प्रस्ट पारे। तर, उनले भने, ‘यदि ५० दिनभित्र शान्ति सम्झौता भएन भने, हामी रूसमाथि भारी भन्सार शुल्क र प्रतिबन्ध लगाउनेछौं।‘

कस्तो छ रूसी प्रतिक्रिया ?

रूसले भने ट्रम्पको चेतावनीलाई सामान्य रूपमा लिएको देखिन्छ। रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले ट्रम्पको ‘नाटकीय अल्टिमेटम‘ प्रति प्रतिक्रिया दिँदै भने, ‘रूसलाई कुनै सरोकार छैन।‘

वार्ताको क्रममा अमेरिकी अधिकारीहरूले अटाकम्स मिसाइलबारे पनि छलफल गरेको जनाइएको छ, जुन युक्रेनले रूस अधिनस्थ क्षेत्रहरूमा प्रयोग गर्दै आएको छ, तर यो मिसाइल मस्कोसम्म पुग्न सक्दैन ।

रूसले यस्ता हमला भएमा पश्चिमी देशहरूलाई लक्षित गर्ने चेतावनी दिँदै आएको छ। युक्रेनका घरेलु रूपमा उत्पादन गरिएका ड्रोनहरूले पनि रूसको आन्तरिक सैन्य संरचनामाथि आक्रमण गर्दै आएका छन्।

जुन महिनाको सुरुवातमा युक्रेनी सुरक्षा सेवा एसबीयूले आत्मघाती ड्रोन प्रयोग गरी रूसी बमवर्षक विमानहरू ध्वस्त पारेको थियो। कम्तीमा १२ विमान ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए।

यसबीच, रूसले आफ्नो आणविक सिद्धान्त अद्यावधिक गरी पहिलो प्रहारको सम्भावनाबारे संकेत गरेको छ । विशेषगरी यदि युक्रेनले स्टोर्म श्याडो वा अटाकम्सजस्ता हतियारबाट हमला गर्ने हो भने रूसले आणविक हतियार प्रयोग गर्ने संकेत गरेको हो ।

प्रतिबन्ध नयाँ कुरा होइनः रूस्

रूसको सरकारी समाचार संस्था टासका अनुसार, विदेशमन्त्री सर्गेई लावरोफले ५० दिनको समयसीमा बारे जान्न चाहेको बताएका छन् ।

उनले भने, ‘५० दिनको यो अभिव्यक्तिको पछाडि के अर्थ लुकेको छ? यसअघि पनि २४ घण्टा र १०० दिनको डेडलाइन दिइएको थियो। हामीले ती सबै देखिसकेका छौं र साँच्चिकै अमेरिकी राष्ट्रपति ट्रम्पको उद्देश्य बुझ्न चाहन्छौं।‘

लावरोफले ट्रम्पमाथि युरोपेली संघ र नेटोको दबाब रहेको दाबी गरे । यी संस्थाहरू युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका मागहरूलाई समर्थन गर्दै निरन्तर हतियार आपूर्ति गरिरहेका छन्। यसको असर पश्चिमी मुलुकका करदाताहरूले आर्थिक नोक्सानीका रूपमा भोगिरहेका छन् ।

लावरोफले रूस पहिले नै ‘अभूतपूर्व प्रतिबन्धहरू‘ को सामना गरिरहेको उल्लेख गर्दै कुनै पनि नयाँ प्रतिबन्धको सामना गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?