+
+
Shares

फिल्म ‘सिटामोल’को गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'सिटामोल'को दोस्रो गीत 'मुटुभित्र खिल छ हजुर' साउन २३ गते सार्वजनिक भएको छ।
  • गीतमा सौगात मल्ल, बेनिशा हमाल लगायत कलाकार फिचर्ड छन् र बाबुल गिरीले स्वर तथा संगीत दिएका छन्।
  • निर्माता तथा निर्देशकले फिल्ममार्फत नेपाल र नेपाली जनजीवनको बिम्बात्मक चित्रण गर्ने प्रयास गरेका छन्।

काठमाडौं । साउन २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, बाबुल गिरी फिचर्ड छन्

बाबुलको स्वर, संगीत रहेको गीतमा गोविन्द भट्टको गिरीको शब्द रचना छ । यसअघि सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जालमा हिट भएपछि निर्माताले पूर्ण संस्करणको गीत ल्याएका हुन् ।

गीतले दर्शकमाझ हाइप उच्च बनाउने विश्वास निर्माताको छ । निर्माता तथा निर्देशकले फिल्ममार्फत बिम्बात्मकरुपमा नेपाल र नेपालीको जनजीवन र कुसंस्कारलाई चिरफारको प्रयास गरेका छन् ।

फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । तुलसीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा फिल्म निर्माण गरेको हो । कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोलकुमार कार्की र विकासराज जोशी निर्माताको रुपमा छन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?