
News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटकले बिजनेस रियालिटी शो 'शार्क ट्यांक नेपाल'सँग औपचारिक साझेदारी गरी पहिलो सिजनका लागि एक्सक्लुसिभ मनोरञ्जन पार्टनर बन्ने घोषणा गरेको छ।
- टिकटकका दक्षिण एसियाली कन्टेन्ट अपरेसन्स लिड उमैस नविदले यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र उद्यमशील यात्राहरूलाई उजागर गर्ने प्रतिबद्धता बलियो बनाउने बताए।
- हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यो साझेदारीले शोको प्रभाव र पहुँच वृद्धि गर्ने र युवापुस्तासँग सीधा संवाद गर्न मद्दत गर्ने आशा व्यक्त गरे।
काठमाडौं । टिकटकले बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’सँग औपचारिक साझेदारीको घोषणा गरेको छ । जसअन्तर्गत शोको पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ ।
टिकटकले यो साझेदारीलाई नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा लिएको जनाएको छ । ‘किनभने विश्वव्यापी रूपमा प्रशंसित यो व्यवसायिक रियालिटी शो पहिलो पटक नेपालमा प्रस्तुत हुँदैछ’ टिकटकले विज्ञप्तिमा भनेको छ ।
टिकटकका दक्षिण एसियाली कन्टेन्ट अपरेसन्स लिड उमैस नविद भन्छन्, ‘शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।’
यो सहकार्यले इनोभेसनलाई प्रवर्धन गर्ने, व्यवसायिक कथावाचनलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्याउने विश्वास लिएको टिकटकले जनाएको छ ।
‘पहिलो दिनबाटै यो परिवर्तनकारी प्लेटफर्मको हिस्सा बन्न पाएकोमा हामी गर्व गर्दछौं’ टिकटकले भनेको छ । अहिले शार्क ट्यांक नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय रहेको र प्लाटफर्ममा उनीहरूले अनुभव, सुझाव र व्यवसायिक दृष्टिकोण दर्शकमाझ प्रस्तुत गरिरहेको टिकटकले जनाएको छ ।
‘उनीहरूको सक्रियताले टिकटकमा नेपालभित्र र बाहिर समेत दर्शक र क्रियटरहरूको भाइब्रेन्ट कम्युनिटी निर्माणमा सहयोग पुर्याइरहेको छ’ टिकटकले भनेको छ, ‘यसका अतिरिक्त, टिकटकले शोसँग सहकार्य गर्दै लामो फम्र्याटका कन्टेन्ट प्रस्तुत गरिरहेको छ, जसले मनोरञ्जनमा विविधता थप्ने र शोको स्टोरीटेलिंगलाई टिकटकको मौलिक फिचरसँग मिलाएर थप आकर्षक बनाउने विश्वास गरिएको छ ।’
नेपालका लागि शार्क ट्यांकको फ्रेन्चाइजी हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले शार्क ट्यांकजस्तो विश्वस्तरीय शो ल्याउन पाएकोमा गर्व लागेको बताए । यो साझेदारीले शोको प्रभाव र पहुँचलाई अझै वृद्धि गर्ने आशा कँडेलले व्यक्त गरे ।
‘टिकटकमार्फत हामी युवापुस्ताका उद्यमी र दर्शकसँग सीधा संवाद गर्न सक्छौं, जसले व्यवसायिक सोचलाई अझ सरल र प्रेरणादायी बनाउँछ’ उनले भने । अहिले ‘ह्यासट्याग शार्क ट्यांक नेपाल’ सर्च गरेर हेर्दा प्लाटफर्ममा शो सम्बन्धी सामग्री देखापरेको जनाइएको छ ।
केवल १० दिनभित्र, शोको टिकटकमा ४०,००० भन्दा बढी फलोअर्स पुगेको छ । सिजनभरि ‘बिहाइण्ड द सीन’ भिडियो क्लिप्स, विशेष अन्तर्वार्ता, मुख्य क्षण, शार्कका प्रतिक्रिया लगायत थुप्रै एक्सक्लुसिभ सामग्रीहरू प्रस्तुत गर्ने लक्ष्यमा रहेको टिकटकले जनाएको छ ।
‘यो साझेदारीले उद्यमशीलता, कन्टेन्ट इनोभेसन र स्थानीय कथावाचनमा टिकटकको प्रतिबद्धतालाई स्पष्ट पार्दछ’ विज्ञप्तिमा भनिएको छ । टिकटक छोटो आकारको मोबाइल भिडियोका लागि अग्रणी प्लाटफर्म हो ।
प्रतिक्रिया 4