+
+
Shares

हुम्लामा किराना पसलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ९:१३
Photo Credit : RSS

४ साउन, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–४ झापुकुनाको एक किराना पसलमा आगो लागेको छ ।

मानदेव शाहीले सन्चालन गरेको किराना पसल आगोमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

पोखरेलका आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा लगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ ।

आगो निभाउन स्थानीयवासी र सर्केगाड प्रहरी टोली खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?