
News Summary
Generated by OK AI. Editorially reviewed.- आन्तरिक राजस्व कार्यालय जनकपुरले आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब ९० करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
- प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले राजस्व संकलनमा १००.३४ प्रतिशत प्रगति भएको र बक्यौता रकम असुलीमा कडाई गरिएको जानकारी दिए।
- यस कार्यालयको कार्य क्षेत्र धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली रहेको छ।
४ साउन, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले सात वर्षपछि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब ९० करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जबकी गत आवमा ४ अर्ब ८८ करोड ६८ लाख २४ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो ।
गत आवमा संकलित राजस्व लक्ष्य अनुसारको औसत १००.३४ प्रतिशत रहेको आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०/०८१ मा यस कार्यालयको ४ करोड ४६ लाख ९३ हजार लक्ष्य रहेकोमा मात्र ३ अर्व ८२ करोड ८५ लाख राजस्व संकलन भएको थियो ।
त्यसको तुल्नामा पछिल्लो यस आवमा १ अर्ब ७ करोड ५७ लाखले राजस्व वृद्धि भएको कर अधिकृत गुप्ताले बताए ।
विगत ७ वर्षपछि मात्र लक्षित राजस्वको शत प्रतिशत प्रगति हासिल भएको उनको भनाइ छ । प्रमुख कर अधिकृत गुप्ताले बक्यौता रकम असुलीमा कडाई गर्दै बजार अनुगमन, करको दायरा विस्तार, करशिक्षा कार्यक्रम लगायतका कार्यहरुले गर्दा राजस्व असुलीमा टेवा पुगेको बताए ।
‘राजस्व बक्यौता रहेका करदाताहरुलाई समयमा नै कानूनी कारवाही र नियमित फोन, एसएमएस, पत्राचार लगायतका कार्यहरुले गर्दा राजस्व संकलनको लक्ष्य पुगेको हो’, उनले भने ।
यस कार्यालयको कार्य क्षेत्र धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली रहेको थियो ।
प्रतिक्रिया 4