+
+
Shares

रसुवा बाढी क्षतिको बीमा दाबी २९ करोड

क्षतिका लागि हालसम्म ९ बीमा कम्पनीका बिमितले २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर माग दाबी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा २३ असारमा आएको बाढीले ११ जनाको ज्यान गएको र १९ बेपत्ता भएको छ।
  • नेपाल बीमा प्रधिकरणका अनुसार ६३ भन्दा बढी आवेदनबाट २९ करोड रुपैयाँ बराबर दाबी परेको छ।
  • ९ बीमा कम्पनीका बिमितले २८ करोड ९२ लाख रुपैयाँ बराबर दाबी गरेका छन्, जसमा सामुद्रिक बीमा लेख सबैभन्दा बढी छ।

४ साउन, काठमाडौं । रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ ।

नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो ।

२३ असारमा आएको बढीपहिरोका कारण भन्सार यार्ड, आयात गरिएका जाँचपास भएका र हुन बाँकी गाडी तथा सामान सहितका कन्टेनर बगाएको थियो । साथै, ११ जनाको ज्यान गएको थियो भने १९ अझै बेपत्ता छन् ।

क्षतिका लागि हालसम्म ९ बीमा कम्पनीका बिमितले २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर माग दाबी गरेका हुन् ।

दाबी भएको रकममध्ये सबैभन्दा धेरै सामुद्रिक बीमा लेखमा भएको छ । उक्त बीमा लेख १५ करोड ७० लाख रुपैयाँ बराबरको माग दाबी भएको प्राधिकरणले जनाएको छ । यो बीमा लेखमा दाबी संख्या भने ६ वटा मात्रै छन् ।

त्यसैगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमालेख अन्तर्गत ४ आवेदनबाट ५ करोड ५५ लाख रुपैयाँ बराबर माग दाबी परेको छ भने सम्पत्ति बीमा अन्तर्गत १० बिमितले ४ करोड १८ लाख रुपैयाँ बराबर दाबी गरेका छन् । त्यसैगरी मोटल बीमा अन्तर्गत सार्वजनिक ३२ र निजी ११ गरी कुल ४३ बिमितले ३ करोड ४९ लाख रुपैयाँ बराबर माग दाबी गरेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?