+
+
Shares

प्रचण्डसहितका माओवादी नेताले हेरे ‘महाभोज’

फिल्म हेरेपछि प्रचण्डले सामाजिक संजालबाट फिल्मको समीक्षा गरेका छन् । आजको पुस्ताले यो फिल्म हेरेर यसको गहिरो भाव बुझ्न सक्ने जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते २०:४४
तस्वीर : रासस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘महाभोज’ हेरेर यसको गहिरो भाव बुझ्न आजको पुस्तालाई आग्रह गर्नुभएको छ।
  • प्रचण्डले फिल्मलाई चाखलाग्दो, तथ्यपरक र सन्देशमुलक भनेका छन् र सामन्तवाद अन्त्य भए पनि अवशेष बाँकी रहेको उल्लेख गर्नुभएको छ।
  • फिल्मले सहकारी संकट र पूर्वमाओवादी लडाकुहरू शान्ति प्रक्रियामा आएर आर्थिक क्रान्तिमा अघि बढेको कथा भन्छ र दयाहाङ राई लगायत कलाकारको अभिनय छ।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार फिल्म ‘महाभोज’ हेरेका छन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वउपराष्ट्रपति वर्षमान पुन, नेताहरू पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ लगायतले फिल्म हेरे ।

फिल्म हेरेपछि प्रचण्डले सामाजिक संजालबाट फिल्मको समीक्षा गरेका छन् । आजको पुस्ताले यो फिल्म हेरेर यसको गहिरो भाव बुझ्न सक्ने उनले जनाएका छन् ।

लामो समयपछि हलमा पुगेर फिल्म हेरेको र यो फिल्म आफूलाई चाखलाग्दो, तथ्यपरक र सन्देशमुलक लागेको प्रचण्डले जनाएका छन् ।

‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन् । यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ’ उनले भनेका छन् ।

‘ यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु । आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ’ उनले भनेका छन् ।

दिनेश राउत निर्देशित यो फिल्मले सहकारी संकटको कथा भन्छ । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली, गौमाया गुरुङ लगायतको अभिनय छ । दुई पूर्वमाओवादी लडाकु शान्ति प्रक्रियामा आएर सहकारीमार्फत आर्थिक क्रान्तिमा अघि बढेको कथा पनि यसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?