
News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुर करणधर पौडेललाई करेन्ट लागेर मृत्यु भएको छ।
- करेन्ट लाग्ने घटना चिचिला गाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सुरुङभित्र भएको थियो।
- मृतक पौडेलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको र आयोजनामा तीन हजारभन्दा बढी मजदुर कार्यरत रहेको प्रहरीले जनाएको छ।
५ साउन, सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको सोमबार करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेका छन् ।
सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार चिचिला गाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4