+
+
Shares

बंगलादेश विमान दुर्घटना : १६ जनाको मृत्यु, ७० घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशको डियाबारीस्थित माइलस्टोन कलेजमा वायु सेनाको एफ–७ जेट विमान दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा ७० भन्दा बढी घाइते भएका छन् र घाइतेहरूलाई ६ अस्पतालमा उपचार भइरहेको छ।
  • सेनाका जवानहरूले घाइते विद्यार्थीहरूलाई रिक्सा र अन्य सवारी साधनमार्फत अस्पताल पुर्‍याएका छन् र घटनाको कारण खुल्न बाँकी छ।

५ साउन, काठमाडौं । बंगलादेशको एक विद्यालय भवनमा भएको वायु सेनाको विमान दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । घटनामा ७० जना भन्दा बढी घाइते भएका छन् ।

बंगलादेश वायु सेनाको प्रशिक्षण विमान ढाकाको डियाबारीस्थित माइलस्टोन कलेज परिसरमा दुर्घटना भएको थियो । उक्त विमान चीनमा बनेको एफ–७ जेट भएको इन्डिया टूडेले उल्लेख गरेको छ ।

विद्यालयमा कक्षा चलिरहेकै बेला विमान खसेर दुर्घटना भएको समाचारमा उल्लेख छ । टेलिभिजनमा सार्वजनिक भएका फुटेजहरुमा दुर्घटनापछि विद्यालय परिसरमा कालो मुस्लोको धुँवा उडिरहेको देखिन्छ ।

एक शिक्षकका अनुसार विमान तीन तले विद्यालय भवनको अगाडिको भागमा ठोक्किएको थियो, जसले गर्दा थुप्रै विद्यार्थी भवनभित्र थुनिएका थिए । दुर्घटनामा दर्जनौँ विद्यार्थी घाइते भएका र केहीको गम्भीर रहेको छ ।

फुटेजहरुमा केही विद्यार्थीहरू रगताम्य हुँदै आत्तिएर भागेको र विद्यालय भवनबाट कालो धुँवा मुस्लो उडिरहेको देखिन्छ ।

तत्कालै उद्धारकर्मी र एम्बुलेन्स नआउँदा सेनाका जवानहरुले नै घाइते विद्यार्थीहरुलाई काँधमा बोकेर रिक्सा र अन्य सवारी साधनमार्फत अस्पतालसम्म पुर्‍याएका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घाइतेहरुलेका छुट्टाछुट्टै ६ अस्पतालमा उपचार भइरहेको छ । विमान खस्नुको कारण खुलेको छैन । बंगलादेश वायु सेनाले घटना पुष्टि गरेको छ । तर वायु सेनाले विमानका पाइलटले ‘इजेक्ट’ गरेको विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन ।

बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले घटनाको जाँच हुने र पीडितहरूलाई सहायता उपलब्ध गराउने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?